आइतवार, आश्विन २५ गते २०८३

कार्यदलले तयार पारेको न्यूनतम साझा कार्यक्रम प्रतिवेदन आज बुझाउँदै

शुक्रवार , श्रावण २२, २०७८

काठमाडौं। सरकार सञ्चालनमा सहयोग गर्न गठित कार्यदलले सत्ता साझेदारीका लागि तयार पारेको न्यूनतम साझा कार्यक्रम र कार्यविधि प्रतिवेदन आज बुझाउँदैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार कार्यदलले प्रतिवेदन बुझाउने तयारी गरेको हो ।

 यसअघि हिजो बसेको कार्यदल बैठकमा नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका कार्यदलका संयोजक पूर्णबहादुर खड्कासहित कांग्रेसका डा. मिनेन्द्र रिजाल र रमेश लेखक, नेकपा माओवादी केन्द्रका देव गुरुङ र वर्षमान पुन तथा जनता समाजवादी पार्टी जसपाका राजेन्द्र श्रेष्ठ र महेन्द्रराय यादव सहभागी थिए ।

कार्यदलले गठबन्धन सरकारको प्राथमिकता, सरकारको नीति तथा कार्यक्रम, सङ्घीयताको कार्यान्वयनलगायत विषय समेटेर साझा कार्यक्रमको मस्यौदा तयार गरेको छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार