काठमाडौँ । एमालेबाट निकालिएका डा.भीम रावलले आजको दिन अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रोश पोख्दैँमा बिताए । एमालेबाट निकालिएपछि पहिलो पटक आधिकारीक जानकारी गराउन रावलले आज पत्रकार सम्मेलन गरेका हुन् ।
तर, पत्रकार सम्मेलनमा उनले आफ्नो भावि योजना एक पानामा मात्रै उल्लेख गरे भने, ओलीको आलोचना ३१ पानामा समेटे । ओथिमाथि उनले आरोपै आरोप लगाए । यतिसम्म कि उनले आज भयभरको आक्रोश पोखेर पत्रकार सम्मेलनबाट विदा भए । आफूले भने उनले देशभक्तको संज्ञा दिन भ्याए । र, अब भीम रावलको राजनीति सकियो भन्दा फरक नपर्ला ।
किन की आज उनले देशभक्त वैकल्पिक शक्तिको निर्माणमा आफू लाग्ने घोषणा गरेका छन् । तर, नेपालमा वैकल्पिक शक्तिको केही चल्दैन भन्ने पुष्टि भइसकेको छ । यसबारे शैली निउजले ‘बहुदल पछिका ४ वैकल्पिक शक्ति, कसरी भए छोटो समयमै पत्तासाप ?’ शिर्षकमा एउटा लेख नै लेखिसकेको छ । आजको लेख भने आफ्नै घमण्डका कारण रावलको राजनीतिक भविश्य सकिएको हो भन्नेबारे केन्द्रित हुनेछ ।
यसकारण सकिए भीम रावल
एमालेले रावललाई कारबाही गर्नु ठीक थियो वा गलत भन्ने चर्चा निकै चर्चा भइरहेको छ । सामाजिक सञ्जालमा भीम रावललाई कारबाही गर्नु गलत थियो भन्नेहरूको मत पनि ठूलै छ । र, कतिपयले अनुशासनमा नरहेका भीम रावललाई एमालेले कारबाही गरेर ठिकै गर्यो भनिरहेका छन् ।
हुन पनि एमालेले भीम रावललाई उति बेलै पार्टीबाट निकाल्नु पर्ने थियो । तर, भीम रावललाई एमालेले सुर्धिने धेरै मौका दियो । उनको ताल भने उही ‘लगाम बिनाको घोडा’ जस्तै रहिरह्यो । र, आफ्नै घमण्डका कारण अन्तमा राजनीतिक भविश्य नै सिध्याउन सफल भए ।
अब लागौँ एमालेमा भीम रावलले गरेका गल्तीतर्फ
सर्वोच्च अदालतले नेकपा ब्यउताएपछि पूर्ववत एमाले नेतृत्वमा रहेका माधव नेपालको नेतृत्वमा करिब २० प्रतिशत केन्द्रीय सदस्य र सांसदहरुको बलमा एमाले पार्टी फुटाउने कामको प्रत्यक्ष अप्रत्यक्ष भूमिकामा भीम रावल पनि थिए । एक त आफ्नै नेतृत्वमा बनेको कम्युनिस्ट पार्टी विभाजन हुनु अर्को आफ्नै पार्टीका दुई पूर्वअध्यक्ष तथा वरिष्ठ नेताहरु एमाले विभाजन गर्न भलिभित्तो गरेको अवस्थामा निकै लचिलो भएर केपी ओलीले १० भाइ विद्रोहीहरुलाई एमालेमै राख्न सफल भए ।
माधव नेपालको विधान कार्यक्रम योजना बनाइदिइसकेका नेतागणहरुलाई जुनसुकै मूल्यमा एमालेमा राखिरहन निकै लचिलो भएका अध्यक्ष ओलीको निकै ठूलो प्रयासपछि पनि एमाले विभाजित गराएरै छोडे ।
माधव नेपालले पार्टी फुटाएर छाडे । तर, भीम रावल भने त्यसबेला एमालेमै रहे । रावल एमालेमै रहेपनि उनका गतिविधि भने लगाम बिनाको घोडा जस्तै हुन थाले । एमालेको दशौं महाधिवेशनमा बन्द सत्रको हलले रावललाई पार्टीको उपाध्यक्ष बन्नुस भन्यो। पार्टी अध्यक्ष ओलीले नै रावललाई उपाध्यक्ष प्रस्ताव गरे । तर, मानेन् । म चुनाव जित्छु भन्नुभयो, ल ठीक छ भनियो । अध्यक्ष पदमै चुनाव लडे । करिब २३०० जना प्रतिनिधिहरुको मतमा जम्माजम्मी २४० मत अर्थात ८ प्रतिशत मत प्राप्त गरे ।
अध्यक्षमा लडेर जित्न सम्भव छैन भन्ने सायद उनलाई मात्र होइन, दुनियाँलाई थाहा थियो । तर, उनले जिद्दी गरे । घमण्ड देखाउदैँ उनले हावातालमा अध्यक्षमा उम्मेदवारी दिए । ताकी एमालेको अध्यक्षमा भीम रावलले जित्ने सम्भावना सयमा एक प्रतिशत पनि थिएन । तर, उनले औधी घमण्ड देखाएर अध्यक्षमा लडे । अनि लज्जास्पद हार बेहोरे ।
चुनावको नाममा दुई दिन महाधिवेशनको समय र खर्च बढाइदिएर प्रतिक्रियावादीहरुबाट वाहीवाही पाएका रावल चुनावमा विधान अनुसार पदाधिकारीमा लड्नेले केन्द्रीय सदस्यमा पनि मतपत्रको लिस्टमा नाम हुने प्रावधानका कारण अध्यक्षमा हारे पनि केन्द्रीय सदस्यमा भने निर्वाचित भए ।
महाधिवेशनको निष्कर्ष र व्यक्त भावना अनि प्रतिनिधिहरुको छनौटलाई चुनौती दिँदै केन्द्रीय सदस्यमा सपथ खान मन्जुर नगरेपछि रावललाई स्वतः केन्द्रीय सल्लाहकारको जिम्मेवारी दिइयो । त्यो पनि स्वीकार गरेनन्।
सभामुख अग्नि सापकोटाको अनियमितताका विरुद्ध संसदमा एमालेले विरोध जनाइरहेको अवस्थामा रावलले केपी ओली प्रधानमन्त्री, अध्यक्ष वा संसदीय दलको नेता को हो ? आफूले नचिन्ने र आफूलाई कुनै दलको ह्वीप नलाग्ने घोषणा खुला गरे । एमालेले कार्बाही गरेका २३ भाइ सांसदका विरुद्धमा तत्कालीन रुपमा सभामुख अग्नि सापकोटाले गरेको हर्कत विर्सने खालको थिएन । सभामुखले गरेको अन्यायविरुद्धमा दवाबमुलक कार्यमा पार्टीको नीतिविरुद्ध बोल्ने र ह्वीप नमान्ने कार्य बारम्बार गरेपछि रावलप्रति पार्टी नेता र देख्ने जान्नेहरु आजित भैसकेका थिए ।
त्यस्तै २०७९ मंसिरमा रावलका लागि अछाम निर्वाचन क्षेत्रको लागि संसद्मा सम्बन्धित क्षेत्रको उम्मेदवार बनाउने निर्णय प्राप्त भएपछि पार्टी ओलीले भीम रावललाई आगामी दिनमा पनि अघिल्लो कार्यकालको गतिविधि नदोर्होयाउन र नेतृत्वसँग मिलेर जान फोनमार्फत अनुरोध गरे । साथै, काठमाडौ फर्केर भेटघाट गरेर अघि बढ्न समेत सुझाव दिए ।
पार्टी अध्यक्षले बोलाउँदा नजाने मात्र होइन ‘आफूलाई सम्बन्धित निर्वाचन क्षेत्र र जिल्लाले एक मात्र उम्मेदवार बनाएर पठाएकोले आफ्नो टिकट इन्द्रेको बाउ चन्द्रे आए पनि खोस्न नसक्ने तर ओलीसँग आज झुकियो भने बाँकी दिनमा पनि झुक्न पर्ने’ भन्ने जवाफ पठाइयो र पार्टी अध्यक्षसँग भेट गर्न नचाहेको सन्देश पठाए । र, अध्यक्ष ओलीले पनि उनले अन्तमा टिकट दिएनन् ।
आफूलाई चुनावमा टिकट नदिएपछि रावल झनै उर्फिन थाले । तर, जतिजति उनी उर्फि रहेका थिए, त्यति त्यति उनको राजनीतिक भविश्य डामाडोल भइरहेको थियो । भीम रावल जस्तो प्रभावशाली नेताले पार्टीको विधिविधान भित्र बस्नु पथ्र्यो । तर, उनले आफू जस्तो अब्बल नेता कोही छैन भनी ठान्नु भयो । र, आफ्नै गल्तीका कारण उनी अन्तमा देशकै दोस्रो ठुलो दल नेकपा एमालेबाट बाइपास भएका छन् । कुनै बेला रावल ओलीका विश्वासपात्र थिए । त्यसको फाइदा पनि रावलले निकै उठाए ।
ओलीकै नजिक भएका कारण उनी उपप्रधानदेखि रक्षामन्त्रीको जिम्मेवारीमा समेत पुगेका थिए । जब रावलमा घमण्ड, दम्भले प्रवेश गर्यो । त्यसबेलादेखि उनको ओरालो यात्रा सुरु भयो । अब रावलले केही गर्न सक्नेवाला छैनन् । त्यसका लागि गत आमनिर्वाचनमा देशकै ठुलो चौथो शक्ति बन्न सफल भएको रास्वपाको हालत अहिले कस्तो छ ? त्यो हेरे पुग्छ ।
यो पनि पढ्नुहोस् , https://shaileenews.com/posts/9371