बुधवार, आश्विन १४ गते २०८३

जिम्बाबेले खारेज गर्यो मृत्यदण्ड सम्बन्धी ब्यवस्था

बिहिवार , पौष १८, २०८१

काठमाडौं। विश्व नयाँ वर्षको उत्सवमा डुबेको छ । विश्वका कुना–कुनामा नयाँ वर्ष मनाइँदैछ ।

यस सँगै जिम्बाब्वेले नयाँ वर्षको एक दिन अगाडि ठूलो निर्णय गरेको छ । यस अन्तर्गत अब देशमा मृत्युदण्ड दिइने छैन। जिम्बाब्वेका राष्ट्रपतिले यससम्बन्धी कानुनी आदेशमा हस्ताक्षर गरेका छन् ।

मृत्युदण्डलाई लिएर विश्वमा धेरै प्रश्न उठिरहेको बेला जिम्बाबेले यो नयाँ निर्णय लिएको हो । जसअनुसार जिम्बाब्वेले मृत्युदण्डको सजाय आधिकारिक रुपमा खारेज गरेको छ ।

राष्ट्रपति इमर्सन मनंगाग्वाले नयाँ कानुन लागु गरेसँगै मृत्युदण्डको सजायको प्रतिक्षामा रहेका ६० जना कैदीको सजाय अब आजीवन कारावासमा परिणत भएको छन्।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार