बुधवार, आश्विन १४ गते २०८३

अमेरिका कार दुर्घटना अपडेट : मुत्यु हुनेको संख्या १५ पुग्यो

बिहिवार , पौष १८, २०८१

काठमाडौं । अमेरिकाको दक्षिणी सहर न्यु ओरलियन्समा भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १५ पुगेको छ। ओरलियन्सको फ्रेन्च क्वार्टरको लोकप्रिय गल्लीमा नयाँ वर्ष बनाइरहेको समयमा भीड माथि कार कुदेको थियो। सो स्थान बार क्लब तथा नाइट लाइफका लागि चर्चित ठाउँ हो।

गल्लीमा सङ्गीत गुन्जिरहेको समयमा एक्कासी मानिसको शरीरबाट कार कुद्न थालेपछि मानिसको रुवाबासी र भागाभाग भएको थियो। सो घटना गराउने व्यक्ति टेक्ससका ४२ वर्षीय समसुदिन जबार रहेको जनाइएको छ। प्रहरीको गोलीबाट मारिनु अघि उनले चलाएका कारण कारण थिचिएर १५ जनाको ज्यान जानुका साथै ३५ जना घाइते भएका हुन्।

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार