बुधवार, आश्विन १४ गते २०८३

अमेरिकामा विमान दुर्घटना: २ जनाको मृत्यु

शुक्रवार , पौष १९, २०८१

एजेन्सी । दक्षिण क्यालिफोर्नियाको फुलरटनमा विमान दुर्घटना परेको छ ।

बिहीबार एक सानो विमान ठूलो फर्निचर उत्पादन गर्ने भवनको छतमा खस्दा दुई जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । दुर्घटनाको समयमा उक्त भवनभित्र २०० भन्दा बढी व्यक्ति कार्यरत थिए ।

फुलरटन प्रहरीकी प्रवक्ता क्रिस्टि वेल्सका अनुसार मृतकहरूको पहिचान खुलाइएको छैन । उनीहरू विमानभित्र थिए कि भवनभित्र भन्ने अझै स्पष्ट नभएको सीएनएनले जनाएको छ ।

विमानले उडान भरेको दुई मिनेटमै फुलरटन म्युनिसिपल एयरपोर्टबाट करिब ६ माइल टाढा रहेको भवनमा दुर्घटना भएको हो । विमानको उडान ट्रयाक गर्ने वेबसाइट फ्लाइटअवेयरका अनुसार, विमानले डिज्नील्यान्ड नजिकैको उक्त स्थानबाट उडान भरेको थियो।

सामान्य सुरक्षा क्यामेराको फुटेजअनुसार, विमान भवनमा ठोक्किनुअघि झुकिरहेको अवस्थामा थियो। दुर्घटनाले ठूलो आगलागी र कालो धुवाँको मुस्लो उत्पन्न गर्‍यो।

दमकलकर्मी र प्रहरी घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिन र वरपरका व्यवसायलाई खाली गराउन जुटेका थिए ।एयरपोर्टका कर्मचारी क्रिस विलालोबोसले विमान दुर्घटनाबारे जानकारी पाएपछि घटनास्थलमा पुगे। उनले विमानको मालिकलाई नियमित रूपमा एयरपोर्टमा देखिने व्यक्ति भएको र उनी अक्सर त्यहाँबाट उडान भर्ने गरेको बताए ।

विलालोबोसका अनुसार, विमानका पाइलटले उडान भरेपछि हवाई यातायात नियन्त्रणलाई आपतकालीन अवतरण गर्ने बताएका थिए। तर, विमानमा के समस्या थियो भन्ने स्पष्ट भइसकेको छैन।

घटनास्थलमा रहेका ८ जनाको प्राथमिक उपचारपछि घर पठाइएको छ भने १० जनालाई अस्पताल लगिएको छ । दुई जनाको घटनास्थलमै मृत्यु भएको पुष्टि गरिएको छ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार