काठमाडौँ । जय ट्रफी मेन्स एलिट कपका लागि नेपाल पुलिस क्लबले टिम घोषणा गरेको छ । पुलिस क्लबले शुक्रबार आरिफ शेखको कप्तानीमा १५ सदस्यीय टिम घोषणा गरेको हो ।
पुलिसका नियमित कप्तान दीपेन्द्रसिंह ऐरीले यूएईमा हुने अन्तर्राष्ट्रिय लिग टी-२० लिगका कारण जय ट्रफी गुमाएपछि पुलिसको कप्तानी आरिफले गर्ने भएका हुन् ।
पुलिसले पहिलो खेलमा त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ । प्रतियोगिता पुस २१ देखि २९ गतेसम्म मधेश प्रदेशको जनकपुर र वीरगञ्जमा हुनेछ ।
जय ट्रफीमा गत संस्करणको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको शीर्ष चारमा रहेका टिम नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, बागमती र मधेश प्रदेशको सहभागिता रहनेछ ।
सिङ्गल राउण्ड रोबिन लिगका आधारमा सञ्चालन हुने प्रतियोगिताको शीर्ष २ टोलीले फाइनल खेल्ने छन् । लिग चरणका खेल दुईदिवसीय र फाइनल तीनदिवसीय ढाँचामा खेलाइने क्यानले जनाएको छ ।
नेपाल पुलिसको टिम : कुशल भुर्तेल, दीलिप नाथ, आरिफ शेख ९कप्तान०, गुलशन झा, करण केसी, ललितनारायण राजवंशी, अमित श्रेष्ठ, श्रवण यादव, सागर ढकाल, शंकर राना, अविनाश कर्ण, राशिद खान, अर्जुन साउद, दीपक सेरला र सुनिल दौल्याल ।