काठमाडौं । लोकसेवा आयोगले एउटा व्यक्तिले बढीमा कति पटक परीक्षा दिन पाउने भन्ने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेको छ । राज्यव्यवस्था तथा सुशासन समितिको शुक्रबारको बैठकमा आयोगका अध्यक्ष माधव रेग्मीले सेवा प्रवेशको उमेर घटाउनुपर्ने बताए ।
सेवा प्रवेशमा खुल्लाको हकमा ३२ र महिला तथा अपांगताको हकमा ३७ वर्ष हुनुपर्ने प्रस्ताव आयोगको छ । लामो समयसम्म परीक्षामा सहभागी हुन पाउने विषयले जीवन नै बर्बाद गरेको बताए ।
उनले लोकसेवाको परीक्षामा अवसर दिएर दुःख दिनु उचित नभएको बताए । उनले पास हुन नसक्ने व्यक्तिलाई सहजीकरणका लागि परीक्षाको हद तोक्नुपर्ने बताएका छन् ।