सोमवार, श्रावण २५ गते २०८३

दुखाई कम गर्न खाइने पेनकिलरले हुन्छन् यस्ता असर ! (हेर्नुहोस्)

शुक्रवार , श्रावण २२, २०७८

काठमाडौं । शरीरमा हुने कुनैपनि दुखाई कम गर्न पेन किलर सेवन गर्छौं । अत्यधिक दुखाई हुँदा यसले राहत पनि दिन्छ । पेनकिलरले क्षणिक रुपमा कुनैपनि दुखाईबाट छुटकारा दिएपनि के यस्को दीर्घकालिन असर के हुन्छ भन्ने सोच्नु भएको छ । 

चोटपटक र अन्य दुखाई मात्र नभई महलिाहरुले महनिावारीको समयमा पनि यसको सेवन गर्दछन् । तर यसको नियमित प्रयोगले भने दिर्घकालिन असरहरु गर्ने चिकित्सक बताँउछन् । कसैलाई मधुमेह, उच्च रक्तचाप, हाइ कोलेस्टोर वा मिर्गौंलाको समस्या छ भने त्यस्तो अवस्थामा पेन किलर थप हानिकारक हुनसक्छ ।
पेनकिलरका दिर्घकालिन असर यस्ता छन् ।

दम
केही पेनकिलर यस्ता हुन्छन्, जसले स्वासप्रश्वास सम्बन्धी समस्या ल्याउन सक्छ । यसको अधिक प्रयोगले दमको शिकार हुने खतरा रहन्छ । नियमित मात्रामा पेन किलर सेवन गर्दा त्यसले फोक्सोको समस्या पनि निम्त्याउँछ ।
पेटमा घाउ हुनसक्छ

पेन किलर धेरै मात्रामा सेवन गर्दा त्यसले पेटमा ग्यासको समस्या ल्याउने संभावना हुन्छ । छातीमा जलन, पेट दुखाई, नमिठो डकार, वान्ता हुनसक्छ । यसले क्रमस पेट सुन्निने समस्या ल्याउँछ । यो क्रम जारी रहेमा पेटमा घाउ बन्न सक्छ ।

मुटुको रोग

लामो समयसम्म कुनैपनि पेनकिलर सेवन गर्दा त्यसले मृगौलाको रोग निम्त्याउँछ । कलेजोलाई हानी गर्छ । मानसिक रोगी बनाउँछ । किनभने पेन किलरले रगतलाई दुषित बनाउँछ । यसले हृदयघातको समस्या पनि ल्याउन सक्छ ।

कलेजो सुन्निने
पेन किलरको असर कलेजोमा पर्छ । पेन किलर धेरै मात्रामा सेवन गरेपछि कलेजाको सेल्स मर्न थाल्छ । यसको ठूलो लक्षण हो, भोक कम लाग्नु ।

रक्तश्राव हुनसक्छ
एक अध्ययन अनुसार अधिक मात्रामा पेन किलर सेवन गर्नु निकै खतरानक छ । कुनैपनि पेनकिलर औषधीको प्रभाव हुनका लागि कम्तीमा तीस मिनेट लाग्छ । यस्तो अवस्थामा पेनकिलरको ओभरडोज लिँदा रक्तश्राव, मिर्गौंलालाई हानी हुने खतरा रहन्छ ।

गर्भपात
गर्भवती महिलाले पेनकिलर सेवन गर्नु निकै जोखिमपूर्ण हुनसक्छ । पेनकिलरको सेवनले गर्भपानत हुने खतरा रहन्छ ।

रक्तचाप बढ्छ
पटक पटक पेनकिलर सेवन गर्दा त्यसको लत लाग्छ । यस औषधीले लगातार सेवनले उच्च रक्तचाप बढ्न सक्छ । अत्यधिक पिडा हुँदा पेन किलर आक्कलझुक्कल लिन सक्छौँ, तर यसलाई नै उपचारका लागी जसरी प्रयोग गर्दा भने यो हानिकारक छ । त्यसैले चिकित्सकको सल्लाह विना यसलाई मनलाग्दी प्रयोग नगरेकै वेश हुन्छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार