काठमाडौं । बारबास्ट्रोलाई ४-० गोलले पराजित गर्दै बार्सिलोना कोपा डेल रे को अन्तिम १६ मा प्रवेश गरेको छ । शनिवार राती भएको खेलमा बार्सिलोनाको लागि रोबर्ट लेवान्डोस्की, पाब्लो टोरे र एरिक गार्सियाले गोल गरे ।
खेलको २१ औँ मिनेटमा गार्सियको गोलले अघि बढेको बार्साको लागि ३१ र ४७ औँ मिनेटमा लेवान्डोस्कीले गोल गर्दै अग्रतालाई फराकिलो बनाईदिए र ५६ औँ मिनेटमा टोरेले गरेको गोल अन्तिम गोल बन्यो ।