आइतवार, श्रावण २४ गते २०८३

राजनीतिक नेतामा हुनुपर्ने एकरति पनि गुण नभएका ओली !

आइतवार , पौष २१, २०८१

काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बोली र शैली देख्दा लाग्छ, एउटा राजनीतिक नेतामा हुनुपर्ने एकरति पनि गुण यिनमा देखिँदैन  ।

ओली सत्तामा होस् या प्रतिपक्षीमा मुखमा जे आयो त्यहिँ बोल्छन् । यीनको यस बाँनीले निकै ओलोचना पनि हुने गरेको छ । ओलीले आफ्नो आलोचना गरेको कत्ति पनि मन पराउदैँनन् ।

आफूविरुद्ध बोल्नेहरुसँग ओलीले बदला लिएरै छोड्छन् । पार्टीभित्रकाले विरोध गरेमा उनीहरुलाई एकाएक पार्टीबाट पाखा लगाइदिन्छन् । र, पार्टी बाहिरकाहरुलाई पनि ओलीले बोलीबाट जवाफ दिने गर्छन् ।

केही समयसम्म ओलीको भिडन्त काठमाडौँ महानगरपालिकाका मेयर बोलन शाहसँग भएको थियो । त्यसबेला खुलेआम ओलीले बालेनविरुद्ध अभिव्यक्ति दिदैँ हिडे । जसले गर्दा ओलीको निकै आलोचना पनि भयो ।

प्रधानमन्त्री जस्तो पदमा बसेको मान्छेले एउटा मेयरसँग भिडेको भन्दै ओलीको बारेमा अनेक थरिका टिकाटिप्पणी भए । अहिले ओलीलेको भिडन्त नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग परिरहेको छ । उनले दिनहुँ जसो प्रचण्डविरुद्ध अभिव्यक्ति दिइरहेका छन् । ओलीका अभिव्यक्ति सुन्दा सर्वसाधारण व्यक्तिलाई पनि हासो उठ्न सक्छ ।

आजको नै कुरा गरिहालौँ न । ओलीले ‘प्रचण्ड’ र पूर्वराज ज्ञानेन्द्र शाहबीच उठबस सुरु भएको भन्नसमेत भ्याए । आजदेखि सुरु भएको एमाले केन्द्रीय समिति बैठकमा अध्यक्ष ओलीले पेश गरेको प्रतिवेदनमा माओवादीले पूर्वराजा र राजावादीहरुसँग बाक्लो उठबस गरिरहेको उल्लेख गरेका छन् ।

माओवादी राष्ट्रिय एकता र सामाजिक सद्भावमा आँच पुर्याउन उद्धत रहेको ओलीको निष्कर्ष छ । ‘ऊ राष्ट्रिय एकता र सामाजिक सद्भावमा आँच र्पुयाउन उद्दत देखिएको छ। पूर्व राजावादीहरूसँग बाक्लै बसाउठी गरिरहेको छ,’ माओवादीप्रतिको दृष्टिकोण सार्वजनिक गर्दै ओलीले भनेका छन्।

त्यस्तै ओलीले प्रचण्डमाथि लगाएको अर्को आरोप हो, ‘प्रचण्डले सरकारमा छँदाखेरि भ्रष्टाचारमा मुछिँएका आफ्ना नेतालाई जोगाउने काम गरेका थिए ।’

ओलीले प्रचण्डमाथि यस्तो आरोप लगाउनुभन्दा पहिला एक पटक सोच्नु पथ्र्यो की, ‘मैले प्रधानमन्त्री भइसकेपछि के कस्ता काम गरिरहेको छु।’

ओलीले आफ्ना निकटका मान्छेहरुलाई सत्ताको आडमा जोगाउने काम मात्र गरिरहेका छन् ।  सहकारी ठगी प्रकरणमा प्रत्यक्ष मुछिएका काँग्रेस उपसभापति धनराज गुरुङ र एमाले नेता तथा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जलालाई अनुसन्धानको दायरामा समेत ल्याएको छैन ।
यसबारे शैली निउजले हकारी प्रकरणः कानुनको धज्जी उडाउँदै धनराज र ऋषिकेशलाई उन्मुक्ति नामक शिर्षकमा समाचार समेत प्रकाशन गरिसकेको छ । 

त्यस्तै ओलीले खुलेआम जोगाएका अर्का नेता हुन्, कोशी प्रदेशका सांसद लिलाबल्लभ अधिकारी । जापानमा मानव तस्करी तथा सरकारी कागजात किर्ते अभियोगमा पक्राउ परेका कोशी प्रदेशका तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री अधिकारीले शक्तिको आडमा उन्मुक्ति पाए ।

सत्तारूढ दल एमालेका प्रदेश सांसद अधिकारीलाई प्रमाण नपुगेको भन्दै जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले उन्मुक्ति दिँदा लाखौँ पैसा असुलेर उनीसँगै जापान पठाइएका पीडितसहित ११ विरुद्ध भने मुद्दा चलाइएको छ । प्रारम्भिक अनुसन्धानमै मानव तस्करीमा अधिकारीको भूमिका देखिएपछि गत २५ कात्तिकमा विराटनगरस्थित घरबाटै उनलाई प्रहरीले पक्राउ गरेको थियो ।

तीन साता लामो अनुसन्धानपछि प्रहरीले उनीसहित १२ जनाविरुद्ध नै मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन दिएको थियो । तर, सरकारी वकिल कार्यालयले अधिकारीले अनुसन्धानमा सघाएकोजस्ता विषयलाई आधार बनाएर मुद्दा नचलाउने निर्णय गरेको हो ।

नेपाली कांग्रेस र नेकपा एमालेको नेतृत्वमा सरकार गठन भएको झन्डै सात महिना भइसकेको छ । कांग्रेस एमालेका नेताहरुले अप्राकृतिक गठबन्धन बनाउँदा स्थिरता र जनतालाई सरकार छ भन्ने अनुभुति गराउनको लागि फरक विचारधारा भएका दुई ठुला दल एक ठाउँमा आएको भन्दै खुबै भाषण ठोकेका थिए ।

नेकपा माओवादीसँगको गठबन्धनलाई धोका दिदैँ नेकपा एमालेले गत असार १७ गतेको मध्यरातमा कांग्रेससँग नयाँ समिकरण बनाएको थियो । नयाँ समिकरणमा प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । 

सोही सहमति अनुसार ओली असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । प्रधानमन्त्री बनेको दिनदेखि ओलीको काम भनेको,‘ आफ्नो विरुद्धमा बोल्नेलाई सिध्याउने र आफ्नो चाकडि गर्नेहरुलाई जोगाउने’ मात्रै देखिन्छ ।  तर, पनि ओली अन्य नेताको बारेमा बोल्दा भने लाज पँचाएर जे मुखमा आयो त्यहिँ बोलिदिन्छन् । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार