मंगलवार, आश्विन १३ गते २०८३

फ्रेन्च सुपर कपको उपाधिमा पिएसजीको ह्याट्रिक

सोमवार , पौष २२, २०८१

काठमाडौं ।  पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च सुपर कपको उपाधि जितेको छ । उसले लगातार तेस्रोपटक फ्रेन्च सुपर कपको उपाधि हो ।

गएराति सम्पन्न फाइनलमा मोनाकोलाई १-० ले हराउँदै पिएसजी च्याम्पियन बन्यो । कतारको दोहास्थित स्टेडियम नाइन सेभेन फोरमा भएको खेलमा पिएसजीको जितमा उस्मान डेम्बेलेले निर्णायक गोल गरे । उनले दोस्रो हाफको इन्जुरी समयमा गोल गरेका थिए ।

गत वर्ष लिग वान र सुपर कप दुवै पिएसजीले नै जितेको थियो । पछिल्लो १२ वर्षमा उसले ११ पटक सुपर कपको उपाधि जितेको छ । चार पटकको विजेता मोनाकोले भने सन् २००० यता उपाधि जित्न सकेको छैन ।  

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार