बुधवार, आश्विन २८ गते २०८३

रेस्टुरेन्टमा काम गर्ने एक युवती मृत अवस्थामा भेटिइन्

सोमवार , पौष २२, २०८१

काठमाडौं । रुपन्देहीको तिलोत्तमा शंकर नगरस्थित एक रेस्टुरेन्टमा काम गर्ने एक युवती आफू सुतेको कोठामा मृत भेटिएकी छिन् ।

गुल्मीको मालिका गाउँपालिका– ८ मरभुङ्ग रैथुम टोलकी २० बर्षीया बिमला राना कुमाल तिलोत्तममा नगरपालिका–२ शंकरनगरस्थित नेवारी खाजा घरको कोठामा मृत भेटिएको बुटवल ईलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी विजय पण्डितले बताएका छन् ।

डिएसपी पण्डितका अनुसार आफू बस्ने कोठामा झुण्डिएको अवस्थामा भेटिएपछि हामीले अनुसन्धान सुरु गरेका छौं । उनले गुल्मीस्थित उनको घरबाट आफन्तहरु झिकाईएको र थप अनुसन्धान भरहेको बताएका छन् ।

मृतक युवती १४ महिनादेखि नेवारी खाजा घरमा काम गर्दै आएकी थिइन् । सोही खाजा घरको कोठामा उनी बस्दै आएकी थिइन् ।उनले राति साढे ११ बजेतिर फेसबुकमा बाबु आमा सम्झेर स्टाटस लेखेकी छिन् ।

मालिका गाउँपालिका ८ का वडाध्यक्ष सुर्यबहादुर जिसीले घटना थाहा पाएपछि मृतकका बाबु थम्मनबहादुर कुमाल र उनकी श्रीमतिलाई रुपन्देही पठाइएको जानकारी दिएका छन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार