बुधवार, आश्विन १४ गते २०८३

भारतमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु

सोमवार , पौष २२, २०८१

नयाँ दिल्ली। भारतको दक्षिणी राज्य केरलामा सोमबार एउटा बस गहिरो खाल्डोमा खस्दा दुई महिलासहित कम्तीमा चार जनाको मृत्यु भएको छ भने अन्य २९ जना घाइते भएका छन् ।

राज्यको इडुक्की जिल्लामा बिहान सबेरै भएको उक्त घटना बसको ब्रेक फेल भएर भएको आशङ्का गरिएको छ । बस केरला राज्य सडक यातायात निगमको थियो । घटनास्थलबाट शव निकालिएको र घाइतेलाई स्थानीय अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार