काठमाडौं। सर्जियो कन्सेइसाओले एसी मिलानका प्रशिक्षकको रूपमा आफ्नो पहिलो उपाधि जित्न केवल एक साता लगाए, त्यो पनि दुई उत्कर्षपूर्ण जितसँगै।
मिलानले सोमबार इटालियन सुपर कपको फाइनलमा सहरको प्रतिद्वन्द्वी इन्टर मिलानलाई ३–२ ले पराजित उपाधि हात पारेको हो।
यो क्लबको आठौं सुपर कप उपाधि हो। अन्तिमपल्ट मिलानले यो कप सन् २०१६ मा जितेको थियो। दुई गोलले पछि परिसकेको अवस्थामा राफाएल लिओ बेन्चबाट मैदान प्रवेश गरेका थिए। उनले मिलानका तीनवटै गोलमा निर्णायक भूमिका खेले। ती गोल थियो हर्नान्डेज, क्रिस्टियन पुलिसिच र टैमी अब्राहमले गरेका थिए।
पाउलो फोन्सेका बर्खास्त भएसँगै सोमबार नियुक्त भएका कन्सेइसाओले सेमिफाइनलमा युभेन्टसविरुद्ध पनि कमब्याक गर्दै जित दिलाएका थिए।