आइतवार, आश्विन २५ गते २०८३

नेपाल समूहको केन्द्रीय समिति बैठक : पार्टी एकतामै जोड गर्ने निष्कर्ष

शुक्रवार , श्रावण २२, २०७८

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल समूहको दुई दिन चलेको केन्द्रीय कमिटी बैठकले पार्टी एकतामै जोड गर्ने निष्कर्ष निकालेको छ । स्थायी कमिटी बैठकले पार्टी एकताका लागि अघि बढ्ने भन्दै तयार पारेको चारवटा प्रस्ताव केन्द्रीय समितिबाट पास गरेको छ ।

जसको पहिलो नम्बरमा प्रतिनिधिसभा पुनर्स्थापनाको स्वागत गरिएको छ । त्यस्तै पार्टी एकताको लागि १० बुँदे सहमति भएको र वार्ता चलिरहेका बेला वरिष्ठ नेतालगायत विभिन्न नेताहरूमाथि अनेकौं टिप्पणी गर्ने र लान्छना लगाउने काम भएको भन्दै बैठकले दुःख व्यक्त गरेको नेता रघुजी पन्तले जानकारी दिए ।

शुक्रबार बैठकमा ३५ जना केन्द्रीय सदस्यले बोलेका थिए । केन्द्रीय समिति बैठकमा बोल्ने अधिकांश सदस्यले पार्टी एकतामै जोड गरेको उनले बताए । बैठकले सम्पूर्ण पार्टीपङ्क्ति विचार व्यक्त गर्दा संयमित, जिम्मेबार र संवेदनशील हुन सबैको ध्यानाकर्षण पनि गराएको छ ।

एकताका लागि कुराकानी र वार्ता चलिरहेका बेला संस्थापन पक्षले थालेको सदस्य नवीकरण, विधान अधिवेशन लगायतका गतिविधि रोक्न पनि माग गरेको छ । संस्थापन पक्षले भदौमा विधान अधिवेशन आयोजना गर्ने निर्णय गरिसकेको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार