मंगलवार, आश्विन १३ गते २०८३

आज जय ट्रफीमा दुई खेल हुँदै

बुधवार , पौष २४, २०८१

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानको आयोजनामा आइतबारदेखि मधेश प्रदेशको जनकपुर र वीरगंजमा सुरू भएको जय ट्रफी मेन्स एलिट कप अन्तर्गत आज दुई खेल सुरू हुँदै छन् ।

प्रतियोगिताअन्तर्गत तेस्रो खेलमा मधेश प्रदेश र बागमती प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा साढे ९ बजेदेखि खेल सुरू हुने तय छ ।

त्यसैगरी चौथो खेलमा त्रिभुवन आर्मी क्लब र बागमती प्रदेश खेल्नेछन् । जनकपुरमा उक्त खेल पनि साढे ९ बजे सुरू हुने तालिका छ ।

यसअघि भएको उद्घाटन खेलमा पुलिस र आर्मी तथा बागमती र मधेशले ड्र खेलेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार