बुधवार, आश्विन २८ गते २०८३

बेहोस भएर ढलेका प्रहरी सहायक हवलदारको मृत्यु

बुधवार , पौष २४, २०८१

काठमाडौं । डोटीमा ड्युटी गर्दागर्दै  बेहास् भएर ढलेका एक जना प्रहरी कर्मचारीको मृत्यु भएको छ ।

डडेल्धुराको भागेश्वर गाउँपालिका-५ घर भएका ३६ वर्षका प्रहरी सहायक हवल्दार बहादुर सिंह पालीको मृत्यु भएको छ ।
आज बिहान तीन बजेतिर उनी इलाका प्रहरी कार्यालय बिपिनगरमा कार्यालयको ड्युटीमा खटिएका थिए । उनलाई  बिहान तीनदेखि ६ बजेको ड्युटीमा खटाएको थियो । ड्युटीमा रहेका उनी एक्कासि छाती दुख्यो भन्दै बेहोस् भएका हुन् । 

सोही ठाउँमा रहेको  बिपिनगर पोलिक्लिनकमा सामान्य चेकजाँच पश्चात थप उपचारका लागि पोलिक्लिनिकले बिहान ४ बजे सेति प्रादेशिक अस्पताल धनगढी रेफर गरेको थियो । अस्पतालमा उपचारका क्रममा  बिहान ६ः३२ बजे सेती प्रादेशिक अस्पतालमा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय डोटीका डिएसपी भीमलाल भट्टराईले जानकारी दिएका छन् । मृतकका परिवारमा श्रीमती र १५ वर्षकी छोरी छन् । प्रहरीका अनुसार उनी पहिला पनि ड्युटीमा रहेका बेला पटक पटक  बेहोस भएर ढलेका थिए ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार