सोमवार, श्रावण २५ गते २०८३

२४ घण्टामा थपिए ३७२९ कोरोना संक्रमित, मृतकको संख्या १० हजार नाघ्यो

शुक्रवार , श्रावण २२, २०७८

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ३७ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  २४ घण्टाभित्रमा १५ हजार ६ सय ७५ जनामा गरिएको परीक्षणमा थप ३ हजार ७ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै मन्त्रालयले दिएको जानकारी अुनसार कोरोना संक्रमणबाट देशभर मृत्यु हुनेको संख्या १० हजार नाघेको छ । शुक्रबार थप २५ जनाको मृत्यु भएसँगै मृतकको संख्या १० हजार १९ जना पुगेको हो । त्यस्तै आज एक हजार ८ सय ८५ जना कोरोना मुक्त भएका छन् ।

संक्रमितमध्ये हालसम्म ६ लाख ६५ हजार ५४८ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमित ३४ हजार ९४२ जना रहेका छन् भने त्यसमध्ये भेन्टिलेटरमा १५८ जना रहेका छन् । यस्तै आईसीयूमा ७३२ जना रहेका छन् । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार