काठमाडौं । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) ले राष्ट्रिय परीक्षा बोर्डलाई कक्षा–१२ को परीक्षाको विषयमा पुनः विचार गरेर निर्णय लिन निर्देशन दिएको छ । कोरोनाले रोकिएको कक्षा–१२ को परीक्षा यही साउन ३१ गतेबाट भौतिक उपस्थितिमै सञ्चालन गर्नेगरी बोर्डले परीक्षा तालिका सार्वजनिक गरेको थियो ।
तर पछिल्लो समय कोरोना संक्रमणसँगै मृत्युदर पनि बढ्दै गएपछि परीक्षाको विषयमा सिसिएमसीले पुर्नविचार गरेर निर्णय लिन भनेको हो । यही परीक्षाको विषमा शनिबार (भोलि) बोर्ड बैठक राख्ने र त्यसपछि परीक्षाको विषयमा निर्णय लिने बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले बताए ।
परीक्षाका लागि बोर्डले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी सञ्चालन गर्न पत्रमार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग माग गरेको थियो ।