बुधवार, आश्विन २८ गते २०८३

पूर्वपश्चिम राजमार्गमा तार सहित ४ वटा सिलिन्डर बम भेटियो

बिहिवार , पौष २५, २०८१

काठमाडौं । पूर्वपश्चिम राजमार्गमा ४ वटा सिलिन्डर बम भेटिएका छन् । पूर्वपश्चिम राजमार्गका मोरङको सुन्दरहरैँचा नगरपालिका- ७ स्थित मालती पुल नजिकै गाडिएको अवस्थामा ४ वटा सिलिन्डर बम भेटिएको प्रहरीले जनाएको छ ।

राजमार्गमा गाडिएको अवस्थामा भेटिएको बम द्वन्द्वकालकै भएको मोरङका प्रहरी प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले बताएका छन् । आज बिहान जिल्ला प्रशासन कार्यालय मोरङमा सुन्दरहैँचा– ७ को मालती पुल आसपास द्वन्द्वकालको बम रहेको सूचना आएको थियो । राजमार्ग विस्तारको क्रममा उत्खनन गर्दा पड्किन सक्ने जोखिम रहेको भन्दै सूचना आएपछि नेपाली सेना र प्रहरीको टोलीले खोजी सुरु गरेको हो ।

जोशीका अनुसार खोजी गर्ने क्रममा जमिन मुनि गाडिएको अवस्थामा चार वटा सिलिन्डर बम र तार फेला परेको छ ।  यो बम द्वन्द्वकालकै हो, डिस्पोज गर्ने तयारी हुँदैछ । बम रहेको सूचना आएपछि प्रहरीले राजमार्ग बन्द गरेर बमको खोजी गरेको हो । खोजी गर्ने क्रममा दिउँसो बम फेला पारेको थियो ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार