आइतवार, श्रावण २४ गते २०८३

आज छुटेका रवि लामिछाने फेरि पक्राउ पर्नसक्ने, यस्तो छ कारण

बिहिवार , पौष २५, २०८१

काठमाडौँ । कास्की जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा लागेका रवि लामिछाने आज रिहा भएका छन् ।

करिब तीन महिनाको अनुसन्धान तथा थुनछेक बहसपछि न्यायाधीश नितीज राईको इजलासले लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

तर, रवि फेरि पनि पक्राउ पर्न सक्छन् । किन भने, उनीवीरुद्ध पोखरामा जस्तै चितवन, बुटवल, काठमाडौं र पर्सामा पनि सहकारीको बचत रकम गैरकानुनी रूपमा गोर्खा मिडिया नेटवर्कमा लगेर हिनामिना गरेको भन्दै सहकारी पीडितले दिएको जाहेरीका आधारमा मुद्दा चलिरहेको छ । र, आवश्यक परेको खण्डमा फेरि अनुसन्धानका लागि रवि पक्राउ पर्न सक्ने भएका हुन् । 

रास्वपा समर्थकहरूमा खुशीयाली

लामिछाने हिरासतमुक्तभएपछि समर्थकहरूमा खुशी छाएको छ । अदालत बाहिर रास्वपा कार्यकर्ताहरूले खुशी मनाउन थालेका छन् ।

आज आदेश आउने भएपछि दिउँसैदेखि रास्वपा नेता कार्यकर्ताको अदालत परिसरमा चहलपहल बढेको थियो । आदेश सुनाउन बेलामा अदालत बाहिर दर्जनौ संख्यामा नेता कार्यकर्ताको उपस्थिति रहेको छ ।

पार्टी उपसभापति डिपी अर्याल, सांसद सोभिता गौतम, प्रवक्ता मनिष झा, हरि ढकाललगायतका नेता अदालत बाहिर छन्  अहिले नेता कार्यकर्ताले रवि लामिछानेको समर्थनमा नारावाजी गरिरहेका छन् । उनीहरूले रवि दाइ हाइ हाइ । यो जित कसको जनताको । रवि दाइ कसको जनताको जस्ता नारा लगाएका छन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार