लस एन्जलस । अमेरिकामा सल्किएको डढेलोमा परेर अहिलेसम्म ६ जनाको मृत्यु भएको छ। लस एन्जलसमा लागेको डढेलोको मुस्लो अझ डरलाग्दो हुँदै जान सक्ने चेतावनी विज्ञले दिएका छन्।
जसअनुसार शुक्रबार र आउँदो मंगलबार अझ धेरै हुरी बतास र आगोको मुस्लोका कारण अझ भयावह अवस्था आउने चेतावनी दिइएको हो ।
विज्ञहरु अहिले ५३ सय संरचना ध्वस्त पार्ने त्यस आगोको उत्पत्ति कसरी भएको भन्ने पत्ता लगाउने प्रयासमा छन्। सो आगोका कारण विस्थापित हुनेको सङ्ख्या करिब दुई लाख अर्थात् लाख ७९ हजार पुगेको छ।
आगलागीका कारण सबैभन्दा धेरै असर अल्टाडेना समुदायमा परेको छ। इटनमा १३ हजार ६९० आर्क अहिले प्रभावित भएका छन्। रुखहरू ढलेका छन्। पातहरू भुइँमा छरपस्ट भएका छन्। त्यहाँका अग्नि नियन्त्रकका प्रमुख मार्सले डढेलोको कारण कुनै व्यक्तिले लगाएको आरोप पुष्टि भएमा यसलाई हत्याको रूपमा हेरिने बताएका छन्।