सोमवार, श्रावण २५ गते २०८३

आजदेखि नेपाल मास्क अभियान

शनिवार , श्रावण २३, २०७८

काठमाडौं। आजदेखि देशभर ‘नेपाल मास्क अभियान’ सुरु हुँदैछ।

अभियान साउन २९ गतेसम्म सञ्चालन हुनेछ। मन्त्रालयले ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिवद्धता‚ मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने मूलनाराका साथ अभियान सुरु गरेको हो।

कोरोना महामारीको जोखिम कायमै रहेकाले सबै नागरिकमा मास्क लगाइ नागरिकको व्यवहार परिवर्तन गर्न अभियान चलाइएको मन्त्रालयले जनाएको छ। यस अवधिमा कोरोना रोकथाम तथा निन्त्रणमा नागरिकलाई जिम्मेवार बनाउने‚ मास्क प्रयोगको महत्त्व बझाउने राष्ट्रिय स्वास्थ्य शिक्षा‚ सूचना तथा सञ्चाल केन्द्रकी निर्देशक डा. राधिका थपलियाले बताइन्।

अभियानका लागि 'म पनि मास्क लगाउँछु‚ अरुलाई पनि मास्क लगाउन प्रेरित गर्छुु', म जिम्मेवार नेपालीु लगायतका नारा तय गरिएको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार