सोमवार, श्रावण २५ गते २०८३

जापानबाट चार लाख डोज एष्ट्राजेनेका खोप आउँदै

शनिवार , श्रावण २३, २०७८

काठमाडौं ।  जापानले नेपाललाई उपलब्ध गराउने १६ लाख एष्ट्राजेनेका खोपमध्ये चार लाख डोज खोप आज नेपाल आइपुग्दैछ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज चार लाख र भोलि चार लाख गरी आठ लाख डोज खोप आउने भएको हो।

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले आज र भोलि दुई चरणमा आठ लाख खोप जापानबाट आइपुग्ने जानकारी दिए। मन्त्रालयका अनुसार १६ लाखमध्ये बाँकी रहेको आठ लाख डोज खोप अर्को साता नेपाल आउने सम्भावना छ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार