बुधवार, आश्विन १४ गते २०८३

अमेरिकामा अग्नि नियन्त्रक सङ्घर्षमा, मृत्यु हुनेको संंख्या २४ जना पुग्यो

सोमवार , पौष २९, २०८१

वासिङ्टन । लस एन्जलसमा ६ दिनदेखि लागेको आगोका कारण अग्नि नियन्त्रक समस्याको सामना गरिरहेको छन्। लगातार चलेको हुरीका कारण उनीहरूको समस्या अझ थपिएको हो। आइतबारदेखि सान्टा आनामा हुरी चलेको छ। सो हुरी बुधबारसम्मचल्ने छ।

पालिसेड र इटनमा आगो केही नियन्त्रणमा आएको छ। यो अहिले सहरको उल्टो दिशामा चलिरहेको छ। स्थानीय अग्नि नियन्त्रकलाई मेक्सिको र क्यानडाका अग्नि नियन्त्रकले साथ दिइरहेका छन्। उनीहरूलाई युक्रेनी अग्नि नियन्त्रकले पनि साथ दिने जनाइएको छ।

राष्ट्रपति भालाडोमिर जेलेन्सकीले १५० अग्नि नियन्त्रक पठाएर सहयोग गर्ने जनाएका हुन्। जेलेन्सकीले शुक्रबार अमेरिकी राष्ट्रपति जो बाइडेनलाई भेट्ने कार्यक्रम थियो। अहिले क्यालिफोर्नियामा लागेको आगोको कारण सो भेटवार्ता स्थगित भएको हो। आइतबार भएको पत्रकार सम्मेलनमा २४ जनाको ज्यान गएको तथा १६ जना अझै हराइएको जनाइएको छ। 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार