काठमाडौँ । कांग्रेसमा भाउजुको नाताले परिचित आरजु राणा देउवालाई नचिन्ने त सायद कमै होलान् । पाँच पटक प्रधानमन्त्री भइसकेका शेरबहादुर देउवाकी पत्नी मात्र नभइ परराष्ट्रमन्त्री समेत हुन् आरजु ।
त्यति मात्र कहाँ होर यीनले प्रधानमन्त्री बन्ने ठुलो सपना देखेकी छन् । मेसो मिले देउवाले पनि यीनलाई आफू नभएर पनि प्रधानमन्त्री बनाउन बेर लगाउदैँनन् । खैर जेसुकै होस्, आरजु भारतकी नजिककी पात्र हुन् । नेपालमा भन्दा पनि आरजुको बढी भारततीर चासो हुन्छ । उस्तै परे आरजुले राता रात भारत पुगेर सबै नेतासँग भेटवार्ता गर्छिन ।
तर, पछिल्लो समय आरजुको भारतसँगको सम्बन्धनमा ठुलै भुकम्प गएको छ । कारण हो, प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा हुँदा बीआरआई सम्झौता हुने बेलामा आरजुले पनि साथ दिनु । ओली बीआरआईको पक्षमा उभिए पनि आरजुले साथ नदिनेमा भारत ढुक्क थियो । तर, आरजुले साथ दिएपछि भारत निकै रिसाएको छ ।
गत पुसमा आरजु युरोपबाट सिधैँ दिल्ली पुगिन् । उनले त्यहाँ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्न निकै पहल गरिन् । तर, मोदीले आरजुलाई भेट्न मानेन् । र, रित्तो हात उनी काठमाडौँ फर्किन । त्यसभन्दा अघिल्लो पटक भारत गएका बेला आरजुले भारतीय विदेशमन्त्री एस जयशंकरसँग
भेटवार्ता गरेकी थिइन । भेटवार्तामा आरजुले सार्क बैठक राख्ने विषयमा सहमत हुन जयशंकरसँग आग्रह गरिन् । तर, उल्टै जयशंकरले ‘तिम्रो देशमा आएर मान्छे मारेको भए मिटिङ हुन्थ्यो ? भनेर प्रश्न गर्दै झपारे ।
त्यसपछि आरजुले निन्याउरो मुख लगाएर नेपाल फर्किनु परेको थियो । यो कुरो स्वयम आरजुले नै प्रतिनिधिसभा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा भनेकि हुन् । खैर, कुनै बेला भारतकी विश्वासकी पात्र भएर काम गरेकी आरजुसँगको सम्बन्ध कहिलेसम्म सुर्धिने हो केही ठेगान छैन ।