बुधवार, आश्विन १४ गते २०८३

४१ तोला अबैध काँचो सुनसहित एक जना पक्राउ

मंगलवार , माघ १, २०८१

काठमाडौँ । सिन्धुलीको भिमानबाट ४१ तोला अबैध काँचो सुनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

बर्दिवासबाट काठमाडौंतर्फ आउँदै गरेको बा ४ ख ५५४० नंम्बरको फोर्स गाडीबाट ४१ दशमलब ३५ तोला काँचो सुनसहित पर्साको पोखरिया नगरपालिका- ८, जगतपुरका ४८ वर्षीय बिक्रम साहलाई भिमानबाट पक्राउ गरिएको हो ।

उक्त गाडीमा सवार साहको कालो रंगको झोलाभित्र कपडाले बेरिएको अवस्थामा बिल बिजक नभएको ४१ दशमलब ३५ तोला काँचो सुनसहित विभिन्न गरगहना बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक गोबिन्दराज काफ्लेले जानकारी दिए ।

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार