बुधवार, आश्विन २८ गते २०८३

भैंसी चराउन गएका ४ जनामाथि गैंडाको आक्रमण, एकको मृत्यु

मंगलवार , माघ १, २०८१

काठमाडौँ ।  चितवनको माडीमा भैंसी चराउन गएका चार जनालाई गैंडाले आक्रमण गरेको छ । माडी नगरपालिक ३ का चार जनालाई आज दिउँसो गैंडाले आक्रमण गर्दा भैंसी चराउन गएका ५६ वर्षीय छविलाल बोटको घटनास्थलमै मृत्यु भएको हो ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत गणेश पन्तका अनुसार निकुञ्ज क्षेत्रमा भैंसी चराउन गएका चार जनालाई गैंडाले आक्रमण गरेको थियो । गैंडाको आक्रमणमा पर्ने अन्य तीन जनामा माडी नगरपालिका( ३ घर भएका ५० वर्षीय हेमराज महतो, ६८ वर्षीय कृष्ण महतो र ४५ वर्षीय राजु बोट रहेका छन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार