काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबीच फेरि सामाजिक सञ्जालमा भिडन्त हुने भएको छ । केहीसमय ओली र बोलनको टकरावमा बे्रक लागेको थियो । तर, फेरि त्यो टकराव सुरु भएको हो ।
मन्त्रिपरिसद्को सिफारिसमा बुधवार राष्ट्रपति रामचन्द्र पौडेलले भूमिसम्बन्धी अध्यादेश जारी गरेपछि काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह आक्रोशित बनेका हुन् ।
भूमिसम्बन्धी अध्यादेश जारी गरेपछि बोलनले फेसबुकमा स्टाटसमार्फत भनेका छन्,‘अब खोला मात्र हैन टुडिखेल, खुल्लामन्च पनि आफ्नो कार्यकर्तालाई दिने अध्यादेश पास भएछ । बधाई छ सरकारमा रहेका कार्यकर्ताहरुलाई ।’
आफूलाई कार्यकर्ताको संज्ञा दिएपछि त्यसको कडा प्रतिकार गर्ने ओलीको तयारी छ । केही महिना अगाडि पनि ओली र बालेनको निकै भिडन्त भएको थियो । बालेनविरुद्ध ओलीले तथानाम भन्न थालेपछि बालेनका समर्थकले ओलीको फेसबुकको फलोओर्स घटाउने अभियाननै चलाएका थिए ।
बालेनका समर्थकले हैरान गरेपछि ओली बालेनविरुद्ध बोल्नबाट पछि हटेका थिए । तर, फेरि अब बालेन र ओलीको बीचमा निकै घम्साघम्सी हुने पक्कापक्की नैछ । पछिल्लो समय आम नागरिकको मन मनमा बस्न सफल पात्र हुन्, बालेन ।
बोलनले पनि ओली लगायतका नेताहरुका भ्रष्टाचार काण्डको बारेमा खरो भएर बोल्छन् । उनी कोही नेतासँग पनि डराउदैँनन् । बालेनको यो बाँनीले गर्दा नै उनी लोकप्रीय बन्न सफल भएका हुन् । खैर, अबको भिडन्तमा ओलीको जित होला या बालेनको ? यो भने हेर्न बाँकी नै छ ।