बुधवार, आश्विन २८ गते २०८३

आजको मौसम कस्तो रहला ?

बिहिवार , माघ ३, २०८१

काठमाडौँ ।  केही प्रदेशमा आज पनि वर्षाको सम्भावना रहेको  छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको प्रभावले सुदूरपश्चिम र कर्णाली प्रदेशमा आज पनि वर्षाको सम्भावना रहेको हो ।

आज सुदूरपश्चिमको हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै हल्का हिमपातको सम्भावना छ । कर्णाली प्रदेशमा आज दिउँसो हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा साथै हल्का हिमपातको सम्भावना रहेको पूर्वानुमान छ ।

त्यस्तै लुम्बिनीको पहाडी र तराई क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । गण्डकीको हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा हल्का वर्षा साथै हल्का हिमपातको सम्भावना रहेको छ । 

बागमती प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदली रही एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार