आइतवार, श्रावण २४ गते २०८३

अपहरित विपीन जोशी चाडैँ नेपाल फर्किने

बिहिवार , माघ ३, २०८१

काठमाडौँ । अपहरित नेपाली नागरिक विपीन जोशी चाडैँ रिहा हुने भएका छन् ।  

इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच अन्ततः युद्धविराम र बन्धक रिहाइका विषयमा सहमति भएपछि विपीन अबको केही दिनमा नै नेपाल आइ पुग्ने भएका हुन् । विपीन रिहा हुने खबरले विपीनका आमा बुवा र तिन करोड नेपालीको मन खुसी भएको छ ।

केही समय अगाडि मात्रै नेपालका लागि नवनियुक्त इजरायली राजदूत श्मुलिक आरी बासले हमास लडाकुद्वारा अपहरित नेपाली नागरिक विपीन जोशी जीवित रहेको बताएका थिए । उनी जिवितै भएकाले अब  इजरायल र हमासबीच युद्ध विरामको सहमती भएकाले उनि छुट्ने भएका हुन् । 

हमासले गत वर्ष निःशस्त्र इजरायली र विदेशी नागरिकमाथि आक्रमण गरी सयभन्दा बढीलाई अपहरण गरेको थियो। विगत १५ महिना देखी विपीन हमासको नियन्त्रणमा छन् । सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान विषयमा ‘अर्न एण्ड लर्न’ कार्यक्रमअन्तर्गत विपीन इजरायल पुगेका थिए । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार