मंगलवार, आश्विन २७ गते २०८३

डस्टबिनमा नवजात शिशुको शव बेवारिसे अवस्थामा

बिहिवार , माघ ३, २०८१

काठमाडौं । सरुमारानी गाउँपालिका–२ दर्भानमा बिहीबार बिहान बेवारिसे अवस्थामा नवजात शिशुको शव भेटिएको छ ।

सालनालसमेत नकाटिएको अवस्थामा शिशुको शव फेला परेको प्रहरीले जनाएको हो । स्थानीयवासीले फोहोर संकलन गर्न राखिएको डस्टबिनमा शिशुको शव देखेर प्रहरीलाई खबर गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता प्रहरी निरीक्षक केशव केसीका अनुसार  प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको बताएका छन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार