मंगलवार, आश्विन २७ गते २०८३

सिन्धुलीमा माइक्रो बस दुर्घटना हुँदा १ जनाको मृत्य, ११ घाइते

शुक्रवार , माघ ४, २०८१

काठमाडौँ । काठमाडौँबाट जनकपुरतर्फ जाँदै गरेको माइक्रो बस सिन्धुलीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य ११ जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये चारजनको अवस्था गम्भीर छ। 

बीपी राजमार्गमा पर्ने सुनकोशी गाउँपालिका वडा नम्बर–७ कानढुंग्रीमा बिहीबार साँझ बा.३ ख ८४४५ नम्बरको माइक्रो सडकबाट तल खसेर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।  

दुर्घटनामा धनुषाको जनकपुर उपमहानगरपालिका-१० घर भएका ५० वर्षीय निर्मल गुप्ताको मृत्यु भएको जिप्रका सिन्धुलीका डीएसपी अनिलकुमार खड्काले जानकारी दिए। 



 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार