मंगलवार, आश्विन २७ गते २०८३

ट्रकको ठक्करबाट जनकपुरमा एक पैदलयात्रीको मृत्यु

शुक्रवार , माघ ४, २०८१

काठमाडौं । जनकपुरमा बालुवा लोड गरेको ट्रकले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु भएको छ । महोत्तरी गाउँपालिका-५ बस्ने वर्ष ६० का सत्यनारायण साहको मृत्यु  भएको छ ।

आज बिहान जनकपुरधाम उपमहानगरपालिका-७ मा बाटो काट्दै गरेका पैदल यात्री साहलाई ना ६ ख ४५३७ नम्बरको ट्रकले ठक्कर दिएको थियो । प्रहरीका अनुसार उनको घटनास्थलमै मृत्यु भएको छ ।

ट्रक चालक धनुषाको मिथिला नगरपालिका-११ लालगढका ४१ वर्षीय शिव कुमार दमाईलाई प्रहरीले पक्राउ गरेका छन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार