आइतवार, श्रावण २४ गते २०८३

मोबाइल ब्याङ्किङ चलाउनुहुन्छ ? यस्तो गल्ती गरेमा एक सेकेन्डमै पैसा चोरी हुनसक्छ

शनिवार , माघ ५, २०८१

काठमाडौँ ।  के मोबाइल ब्याङ्किङ चलाउनु हुन्छ ? सायद पक्कै पनि चलाउनु हुन्छ होला । सबैले पैसाको कारोबारका लागि मोबाइल ब्याङ्किङको प्रयोग गर्ने गर्छन ।

तर, मोबाइल ब्याङ्किङ चलाउदा हामीले जुन त्रुटी गरिरहेका हुन्छौँ त्यस त्रुटीले गर्दा खातामा भएको रकम कति बेला चोरको खातामा पुग्छ पत्तै हुदैँन । पछिल्लो समय बैंक खाताबाट धमाधम पैसा चोरी भएका समाचारहरु त तपाईहरुले पढ्नु भएकै होला ।

समाचार पढेपनि जबसम्म आफ्नो खाताबाट रकम चोरी हुदैँन त्यति बेला सम्म हामी लापरबाही नै गरिहेका हुन्छौँ । तर, अब मोबाइल ब्याङ्किङ प्रयोग गर्नेहरुले यस्ता गल्ती नगर्नुहोला । जसअनुसार नेपाल राष्ट्र ब्याङ्कको वित्तीय जानकारी एकाइले खातावालालाई दिएका सुझाव निम्न अनुसार छन् । 

१. एउटै नम्बरबाट दुईभन्दा बढी बैंक सेवाको मोबाइल ब्याङ्किङ नखोल्नुहोला । 
२. अरुले सजिलै थाहा नपाउने पासवर्ड र पिन प्रयोग गर्ने
३. समयसमयमा पासवर्ड परिवर्तन गरिरहने
४. एप तथा अन्य साइबर सुरक्षासम्बन्धी अप्डेटहरू उपलब्ध हुनेबित्तिकै अप्डेट गर्ने
५. आफ्नो पासवर्ड कसैलाई पनि नदिने
६.डेबिट तथा क्रेडिट कार्डहरूको विस्तृत विवरण अन्य व्यक्तिसँग साझा नगर्ने
७.  ब्याङ्क तथा आर्थिक कारोबारसँग जोडिएका पासवर्डहरू ब्राउजरमा सेभ नगर्ने
८. दोहोरो सुरक्षात्मक उपाय जस्तै टू फ्याक्टर अथेन्टिकेटरलगायतको प्रयोग गर्ने
९. एक पटक मात्र प्रयोग गर्न मिल्ने ओटीपी कसैलाई नदिने

तपाईहरुले आजैदेखि यी विषयमा सावधानी अपनाउनु भयो भने बैंक खातामा भएको रकम चोरिनबाट जोगिन सक्छ । अब सावधानी अपनाउने नअपाउने तपाईहरुकै हातमा छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार