बुधवार, आश्विन १४ गते २०८३

गजामा युद्धविराम घोषणा

आइतवार , माघ ६, २०८१

काठमाडौं । गाजामा इजरायल र हमासबिच युद्धविराम घोषणा भएको छ । युद्धविराम सम्झौता अन्तर्गत  रिहा गर्ने तीन महिला बन्दीको नाम प्यालेष्टिनी सशस्त्र समूह हमासले सार्वजनिक गरेसँगै युद्धविराम लागू भएको हो ।

यसअघि हमासले सम्झौताअन्तर्गत रिहा गर्ने तीन जना महिला बन्दीको नाम सार्वजनिक नगर्दासम्म युद्धविराम लागू नगर्न इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले इजरायले रक्षा बललाई आदेश दिएका हुन् । स्थानीय समयअनुसार बिहान ११ः१५ मा युद्धविराम लागू भएको छ ।

युद्धविराम लागू भएपछि इजरायलका राष्ट्रिय सुरक्षा मन्त्री बेन–गिभिरले राजीनामा दिएका छन् । गिभिर युद्धविरामको कटु आलोचकका रूपमा रहँदै आएका थिए । प्रधानमन्त्री नेतन्याहुको नाममा लेखेको राजीनामा पत्रमा उनले सरकार ढलाउन कुनै काम नगर्ने तर युद्धविराम आतंकवादीहहरूको लागि पूर्ण जित भएको बताएका थिए । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार