सोमवार, श्रावण २५ गते २०८३

जापानबाट पाँच लाख डोज बढी खोप आइपुग्यो

शनिवार , श्रावण २३, २०७८

काठमाडौं । जापानले नेपाललाई कोभ्याक्स सुविधामार्फत उपलब्ध गराउने १६ लाख एष्ट्राजेनेका खोपमध्ये पाँच लाखभन्दा बढी डोज खोप नेपाल आइपुगेको छ।

शनिबार बिहान पाँच लाख १३ हजार ७२० डोज खोप काठमाडौं आइपुगेको छ। बिहान साढे ९ बजे कतार एयरबाट खोप काठमाडौं आइपुगेको स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखाका अधिकृत बडेबाबु थापाले जानकारी दिए।

खोप लिन स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ, सचिव डा रोशन पोखरेललगायतका प्रतिनिधिहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए। नेपालका लागि जापानी राजदूत नकिकुता युताकाले विमानस्थलमै राज्यमन्त्री श्रेष्ठलाई ती खोप हस्तान्तरण गरेको थापाले बताए। बाँकी रहेको आठ लाख डोज केही दिनपछि आउने समेत बताइएको छ।

भुटानले पनि हिजो झण्डै २ लाख ३० हजार डोज एष्ट्राजेनेका खोप पठाएको थियो । यो खोप कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका साढे १३ लाख ज्येष्ठ नागरिकलाई लगाइने मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार