काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ हजार २ सय १८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरण अनुसार आज १९ जना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ३८ जना पुगेको छ ।
यस्तै आज एक हजार ७ सय २२ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । हाल देशभर संक्रिय संक्रमितको संख्या ३५ हजार ४ सय ३२ रहेको मन्त्रालयले जानकारी दिएको छ ।