बुधवार, आश्विन १४ गते २०८३

ताइवानमा ६ म्याग्निच्युडको शक्तिशाली भूकम्प

मंगलवार , माघ ८, २०८१

काठमाडौं । आज बिहान दक्षिणी ताइवानमा ६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण यूएसजीएसले जनाएको छ । 

भूकम्पमा परी अहिलेसम्म १५ जना घाइते भएका सीएनएनले जनाएको छ । स्थानीय समयअनुसार आज बिहान १२ः१७ बजे युजिङबाट १२ किलोमिटर (७ माइल) उत्तरको क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो । जसको गहिराइ १० किलोमिटर (६ माइल) रहेको यूएसजीएसले जनाएको छ ।

ताइवानको केन्द्रीय मौसम प्रशासनले भने भूकम्प ६.४ म्याग्निच्युड रेकर्ड गरेको छ । भूकम्पबाट अहिलेसम्म मृत्युको भने कुनै रिपोर्ट नआएको तर उद्धारकर्ताहरूले क्षतिको आकलन गरिरहेको बताइएको छ। 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार