सोमवार, आश्विन १९ गते २०८३

एमाले सचिवालय बैठक बस्दै

मंगलवार , माघ ८, २०८१

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको सचिवालय बैठक बस्ने भएको छ । एमाले स्थायी कमिटी सदस्य एवं प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठक आज दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने भएको छ ।

उनका अनुसार बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक घटनाक्रमबारे नेताहरुलाई जानकारी गराउनेछन् । ‘संसद् चल्दैछ, अध्यादेशको विरोध भइरहेको छ, ।’ गौतमले भने, विकसित राजनीतिका सन्दर्भहरु छन् । त्यसको बारेमा उहाँले जानकारी गराउनुहुन्छ ।’

त्यसैगरी नेकपा एमालेमा फर्किन चाहिरहेका नेता वामदेव गौतमको बारेमा पनि बैठकमा छलफल हुने बताएका छन् । गौतमले भने, ‘त्यसभित्र वामदेवको पनि सानो कुरा हुन्छ । आउनेलाई पार्टीमा स्वागत छ। उहाँलाई रोक्ने कुरा हुदैन् ।आउन दिनुपर्छ। उहाँ आउनु भयो भने पनि भूमिकासहित आउनुहुन्छ । 

गौतमले आफू एमालेमा फर्किन तयार भएको बताएका छन् । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार