सोमवार, आश्विन १९ गते २०८३

रूपन्देही जाँदै रवि, भोलि अदालत उपस्थित हुने

मंगलवार , माघ ८, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने बुधबार जिल्ला अदालत रूपन्देहीमा उपस्थित हुने गरि गएका छन् । सुप्रिम सहकारीको बचत रकम अपचलनको मुद्दा दायर भएपछि उनी बुटवल जान लागेका हुन् ।

जिल्ला अदालत रूपन्देहीमा लामिछानेसहित २२ जनाविरूद्ध मुद्दा दायर भएको छ । बुटवलको सुप्रिम सहकारीका १० हजार ३ सय ९१ जनाले बचत गरेको १ अर्ब ३१ करोडमध्ये ८६ करोड १८ लाख रुपैयाँभन्दा बढी रकम अपचलन भएको भन्दै यसअघि गत वैशाख ३ गते २८ जनालाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दर्ता भरिएको थियो । यसबाट १४ करोड रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्कमा गएको थियो । 

सहकारीका संरक्षक समेत रहेका गोर्खा मिडिया नेटवर्क प्रालिका अध्यक्ष गितेन्द्रबाबु (जिबी) राईसहित २८ जनालाई प्रतिवादी बनाएर सहकारी ठगीमा मुद्दा दर्ता भएकोमा १७ जनालाई सहकारी ठगीसँगै संगठित अपराधमा समेत बिहीबार पूरक मुद्दा लगाइएको थियो ।

उनीहरूलाई सहकारी ठगी र संगठित अपराधको कसुरमा सजाय माग गरिएको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार