सोमवार, आश्विन १९ गते २०८३

राजेन्द्र महतोको पार्टी निर्वाचन आयोगमा दर्ता, चुनाव चिह्न सिलिण्डर

मंगलवार , माघ ८, २०८१

काठमाडौँ । राजेन्द्र महतोको अध्यक्षतामा राष्ट्रिय मुक्ति पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ । राष्ट्रिय मुक्ति क्रान्ति गठन गरेर अभियान चलाएका अध्यक्ष महतोले पछिल्लो समय राष्ट्रिय मुक्ति पार्टी नेपाल नामको पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए । त्यसको लामो प्रयासपछि आज पार्टी दर्ता प्रमाणपत्र पाएका हुन् ।

राष्ट्रिय मुक्ति पार्टी नेपालले चुनाव चिह्न माछा माग गरेको थियो । तर निर्वाचन आयोगले ग्यास सिलिण्डर चुनाव चिह्न दिएको छ । गाढा निलो रंगको आयातकार झण्डाको मध्य भागमा तीर धनुष रहने गरी झण्डा समेत प्रदान गरिएको छ ।

स्वदेशवाद, बहुलरष्ट्रवाद र सामुदायिक समाजवादको मार्ग निर्देशक सिद्धान्त बमोजिम पार्टी अगाडि बढ्ने भएकाले पार्टीको सदस्यता लिएर सक्रियताका साथ पार्टीमा लाग्न अध्यक्ष महतोले आग्रह गरेका छन् । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार