सोमवार, आश्विन १९ गते २०८३

आज रवि लामिछाने रुपन्देही जिल्ला अदालतमा उपस्थित हुँदै

बुधवार , माघ ९, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज रुपन्देही जिल्ला अदालतमा उपस्थित हुने भएका छन् ।

लामिछाने विरुद्ध सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको रकम ठगी र संगठित अपराधको कसुरमा आइतबार अदालतमा १० करोड ९९ लाख बिगोसहितको मुद्दा दायर गरेको थियो । सोही मुद्दाको प्रतिवादका लागि लामिछाने हिजो साँझ भैरहवा गएका हुन् ।

लामिछाने आज अदालत उपस्थित हुनेगरी हिजो भैरहवा पुगेका हुन् । लामिछाने मङ्गलवार दिउँसो साढे ४ बजे भैरहवा विमानस्थल पुगेका थिए । लामिछानेले आफ्ना तर्फबाट सकेसम्म कम वकिल राखेर एक दुई दिनमै बहस सक्नेछन् ।

अहिले लामिछानेको पक्षमा बहस गर्नका लागि कानुन व्यवसायी नारायणदत्त कँडेल भैरहवा पुगिसकेका छन् । आज मौसमका कारण अन्य कानुन व्यवसायी भने आइपुगेका छैनन् । तर, बहस कति जनाले गर्ने भन्ने तोकिएको छैन ।

रुपन्देही जिल्ला अदालत स्रोतका अनुसार अदालतमा हाजिरी भएपछि उपलब्ध न्यायाधीशमध्येबाट कसको इजलासमा जाने निधो हुनेछ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार