सोमवार, आश्विन १९ गते २०८३

रुपन्देहीमा न्यायाधीश योगीको इजलासमा लामिछानेको थुनछेक बहस 

बुधवार , माघ ९, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको थुनछेक बहस न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा हुने भएको छ । आज अदालत खुल्लेबित्तिकै रवि रूपन्देही अदालत हाजिर भएका हुन् ।

लामिछानेविरुद्ध बुटवलको सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको रकम ठगी र संगठित अपराधको कसुरमा आइतबार मुद्दा दायर भएको थियो । लामिछानेको तर्फबाट बहस गर्न कानून व्यवसायी नारायणदत्त कंडेल भैरहवामा आइसकेको र रुपन्देहीमा रहेका कानून व्यवसायी गोविन्दप्रसाद मरासिनीलगायतले बहस गर्ने छन् ।

आज सरकारी बयान लिने र सरकारी वकिलले नै बहस गर्ने भएकाले धेरै कानून व्यवसायी जुटाइएको छैन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार