काठमाडौँ । आज सेयर बजार परिसूचक (नेप्से) ५२.३६ अंकले बढेको छ । उच्च अंकले बजार बढ्दा परिसूचक २६ सय ६५ अंकमा पुगेको हो । आज कारोबार रकम पनि बढेको छ । ३२२ कम्पनीको १ करोड ७६ लाख ९२ हजार कित्ता सेयर खरिद बिक्री हुँदा ९ अर्ब २० करोड ३० लाख रुपैयाँको कारोबार भएको छ ।
आज १९६ कम्पनीको सेयर मूल्य बढेको छ । कर्पोरेट विकास बैंक र डोल्टी पावर कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ । ग्रिन विकास बैंकको मूल्य करिब १० प्रतिशतले बढेको छ । सबैभन्दा बढी टर्न ओभर एनआरएन इन्फ्रास्टक्चर, नेपाल रि इन्स्योरेन्स कम्पनी, हिमालय रि इन्स्योरेन्स, सीईडीबी होल्डिङको उच्च छ ।
बढी सेयर कारोबार हुनेमा निफ्रा, एचआईडीसीएल, एनआरएन, एनआरआईसीको छ । सेयर बजारका सबै क्षेत्रमा हरियाली देखिएको छ । डेभलपमेन्ट बैंक २.७४, होटल २.७१, हाइड्रोपावर २.१२, ट्रेडिङ २.४५, इन्भेस्टमेन्ट कम्पनीको ३.८२, अन्य इन्डेक्स ४.२४ प्रतिशतले बढेको छ ।