काठमाडौँ । आज एकै पटक तीनवटा संसदीय समितिको बैठक बस्ने भएको छ । जसअन्तर्गत बिहान ११ बजेर ३० मिनेटमा राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै छ ।
बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८० माथि दफावार छलफल हुनेछ । त्यसैगरी बिहान ११ बजे बस्ने कानुन न्याय तथा मानव अधिकार समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग छलफल हुनेछ ।
बिहान ११ः३० बजे बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा नेपाल मेडिकल व्यवसायी सङ्घ र नेपाल निर्माण व्यवसायी महासङ्घका पदाधिकारीहरूसँग छलफल हुनेछ ।