सोमवार, आश्विन १९ गते २०८३

रुपन्देही जिल्ला अदालतमा लामिछानेमाथि थुनछेक बहस सुरु

बिहिवार , माघ १०, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि थुनछेक बहस सुरु भएको छ । लामिछाने अदालत हाजिर भएसँगै थुनछेक बहस सुरु भएको हो ।

बुटवलस्थित सुप्रिम सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमार्फत अपचलन गरेको अभियोगमा लामिछानेमाथि मुद्दा चलेको थियो । लामिछाने गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक हुन् । लामिछानेको जिल्ला अदालत रुपन्देहीका न्यायाधीश प्रह्लादकुमार योगीको  इजलासमा थुनछेक बहस सुरु भएको छ । लामिछानेलाई रुपन्देही जिल्ला अदालतले हिजो बयान सकेपछि परिवार र प्रतिवादीका वकिलको जिम्मा जमानीमा छाडेको थियो ।

आज सुरुमा वादी सरकारी वकिलको तर्फबाट ६ जना वकिलले  बहस गर्नेछन् । जिल्ला  सरकारी वकिलका प्रमुख  प्रेमराज पौडेल, गोकर्ण घिमिरे वसन्त र उच्चका रवि न्यौपाने, प्रकाश मरासिनी र सोमकान्त भण्डारीले बहस गर्नेछन् । हिजो अदालतमा उपस्थित भएका लामिछानेको समय अभावका कारण थुनछेक बहस हुन सकेको थिएन । त्यसपछि न्यायाधीश प्रह्लादकुमार योगीको इजलासले रविलाई श्रीमती र कानुन व्यवसायीको जिम्मा लगाएका थिए ।

रवि १० बजेर २५ मिनेट जाँदा  अदालतमा उपस्थित भएका थिए । आज हुने थुनछेक बहसका आधारमा उनी थुनाबाहिर रहने वा थुनामै रहने भन्ने अदालतले आदेश दिनेछ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार