काठमाडौं । गोरखामा इनारमा डुबेर एक जना वृद्धाको मृत्यु भएको छ । पालुङटार नगरपालिका-६ ठूलाचौर घर भएकी ६७ वर्षीया कृष्णामाया कामीको इनारमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
करिब पाँच फिट गहिरो इनारमा मृतावस्थामा कामीको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटना हिजो भएको प्रहरीको भनाइ छ ।
मृतकको परीक्षणपछि अन्त्येष्टिका लागि प्रहरीले परिवारलाई बुझाइएको छ। परिवारका सदस्यले मृतक मानसिक रोगी भएको जानकारी दिएका छन् ।