सोमवार, आश्विन १९ गते २०८३

स्वास्थ्य समस्याका कारण प्रधानमन्त्री ओली आज पनि निवासमै, कार्यक्रम भर्चुअल गर्ने

शुक्रवार , माघ ११, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज तेस्रो दिन पनि सरकारी निवास बालुवाटारबाट बाहिर ननिस्कने भएका छन् । चिसोका कारण स्वास्थ्य समस्या देखिएपछि बुधबारदेखि औपचारिक कार्यक्रममा ननिस्किएका प्रधानमन्त्री ओलीले आजका लागि तय कार्यक्रम पनि भर्चुअल माध्यमबाट सम्बोधन गर्ने भएका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार चिकित्सकले अझै बाहिरफेर ननिस्कन भनेकाले आजका लागि निर्धारित सबै कार्यक्रम निवासबाटै भर्चुअल रूपमा सम्बोधन गर्ने भएका छन् ।

स्रोतका अनुसार ‘भर्चुअल रूपमा सम्बोधन गर्नुहुन्छ, स्वास्थ्यका कारण उहाँ फिजिकल रूपमा उपस्थित हुन नमिल्ने भएको छ, डाक्टरले फिजिकल जाँदा गाह्रो हुने भनेपछि उहाँ बाहिर निस्कनु भएको छैन् ।’

नेकपा एमालेका अध्यक्ष ओली गत मंगलबार रातिसम्म पार्टीको सचिवालय बैठकमा सहभागी भएपछि बिरामी परेका थिए ।    

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार