सोमवार, आश्विन १९ गते २०८३

लामिछानेको रुपन्देही अदालतमा आजको बहस जारी

शुक्रवार , माघ ११, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको थुनछेक बहस जारी छ । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणको बयानका लागि लामिछाने गत बुधबार रुपन्देही जिल्ला अदालतमा उपस्थित भएका थिए ।

त्यो दिन उनको बयान सकिएको थियो । हिजोबाट थुनछेक बहस सुरु भएको थियो । बिहीबार सरकारी वकिलहरूले बहस गरेका थिए । आज जाहेरवालाका तर्फबाट वकिलहरूले बहस गरिरहेका छन् ।

अहिले वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले बहस गरिरहेका छन् । त्यसपछि प्रतिवादीका तर्फबाट रविका वकिलहरूले बहस गर्नेछन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार